काठमाडौं ।एनसेलका सबै प्रिपेड ग्राहकले आगामी भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्ने भएकाछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र १०० (कर सहित मात्र १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागू हुनेछ र ३ महिनासम्म संचालनमा रहनेछ ।
यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्टिक्स १७११८ एस्टिक्स २ एस्टिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
By Hari Bhandari
olb tkfO{x? klg cfkm\gf] ;+:yfsf] lgMz"Ns Advertise ug{ rfxfg" ePsf] 5 eg] xfldnfO{ ;Dks{ ug{"xf];.
;Dks{ gDa/M (*$!*(@%@) / (*)(%&@&!$
Email: bhandarihri1234@gmail.com

Comments
Post a Comment