चीनमा कोरोना संक्रमणबाट ५६२ को मृत्यु............पुरा पढ्नूहोस

एजेन्सी ,
२३ – माघ र चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६४ पुगेको छ । चिनिया राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार बुधबारसम्ममा यसबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ।


एकैदिन ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ।  हुबेई प्रान्तका स्वास्थ्य अधिकारीहरुले बुधबारमात्र ७० जनाको मृत्यु भएको जनाएका छन्। कोरोनाको इपिसेन्टर यो प्रान्तमा हालसम्म ५४९ जनाको मृत्यु भइसकेको छ। यहाँ बुधबारमात्रै २९ सय जनामा संक्रमण भेटिएको थियो भने हालसम्म हुबेईमा १९ हजार ६ सय ६५ जना संक्रमित भएका छन् भने ७६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

हालसम्म चीनमा ५६२, हङकङमा एक र फिलिपिन्समा एकजनाको मृत्यु भएको छ। यो भाइरस २५ देशमा फैलिएको पुष्टि भइसकेको छ। चीनबाहेका देशमा ५६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। भने चीनमा ६ करोड मानिस घरभित्रै बस्न बाध्य भएका छन्।  यसैबीच, हङकङकी प्रमुख कार्यकारी करी लामले मुख्यभूमि चीनबाट प्रवेश गरेका मानिसलाई १४ दिन अलग्गै राख्ने घोषणा गरेकी छन्।




By Hari Bhandari (bhandarihri1234@gmail.com)
यदि तपाईहरु पनि आफ्नो संस्थाको निःशूल्क Advertise  गर्न चाहानू भएको छ भने हामिलाई सम्पर्क गर्नूहोस।
सम्पर्क नम्बरः ९८४१८९२५२० र ९८०९५७२७१४

Comments