कलंकीको अन्डरपासमा दुईजनाको ज्या’न लिने गरि मोटरसाइकललाई ठ’क्कर दिएर भाग्ने टिपर : टिपर धनि प्रहरी सम्पर्कमा, चालक फरार
काठमाडौं , २३ माघ । कलंकीको अन्डरपासमा बुधबार मध्यराति दुई जनाको मृ’त्यु हुने गरी मोटरसाइकललाई ठ’क्कर दिएर फ’रार टिपर नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रहरी निरीक्षक पुरूषोतम कार्कीले टिपरलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनले दु’र्घट’नामा बा ४ ख ८५६९ नम्बरको टिपर संलग्न रहेको र उक्त टिपरलाई फेला पारिएको जानकारी दिए । उनका अनुसार सवारीधनी प्रहरीको सम्पर्कमा आइसकेका छन् । यद्यपि, चालक भने फरार छन् । उनको पनि खोजी भइरहेको छ ।
उक्त दु’र्घ’टनामा मोटरसाइकलमा सवार दुई जनाको मृ’त्यु भएको थियो । ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका-४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया- ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् ।
Comments
Post a Comment