यिनै हुन २ घण्टा मात्र सुतेर कोरोना भाइरसको औषधि बनाउने महिला: कसरी सम्भव भयो

एक महिला वैज्ञानिक घा’तक को’रोना भाइरसविरु’द्धको खोप आविष्कार गर्ने अनुसन्धानमा जुटेकी छिन् । स्कटल्याण्डकी वैज्ञानिक डा. केट ब्रोडरिक कोरोना भा’इरसबाट बचाउन खोप आविष्कार गर्न कोसिस गरिरहेको एजेन्सीले जनाएको छ ।
द टाइम्सको रिपोर्टअनुसार हिजोआज ब्रोडरिक दिनरात यही काममा व्यस्त हुन थालेकी छिन्। उनी रातमा २ घन्टामात्र सुत्ने गरेकी छिन् । ब्रोडरिक करिब २० वर्षदेखि ख’तरनाक रोगविरु’द्धको खोप बनाउने काममा संलग्न हुँदै आएकी छिन् ।


यसअघि उनी इबोला, जीका जस्ता भ’यानक रोगवि’रुद्ध औषधि बनाउन सफल भएकी थिइन् । अहिले उनी फेरि कोरोना भा’इरसवि’रुद्धको खोप बनाउन लागिपरेकी हुन्।उनले खोप तयार गरिसकेकी छिन् ।
मुसा र सुँगुरमा खोपको परीक्षण भइसकेको छ। उनले भनेकी छिन,’ आफ्नो सम्पूर्ण जीवनमा परिवर्तन ल्याउन काम गरिरहेकी छु र अहिले को’रोना भाइ’रसबाट बच्न खोप बनाउँदैछु ।
डा.ब्रोडरिक अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा काम गर्छिन् । अनुसन्धानका लागि उनको एउटा टोली छ। उनले भनेकी छिन्, ‘रातमा २ घन्टा मात्र सुत्ने गरेका छौं । दुई सन्तानकी आमा ब्रोडरिकले बिदा मनाइरहेका बेला चीनको वुहानमा को’रोना भा’इरस फैलिएको जानकारी पाएकी थिइन् ।
चिनियाँ अधिकारीले को’रोना भा’इरसको आनुवंशिक कोड जारी गर्ने वित्तिकै उनले ३ घन्टाभित्र खोप तयार पारेको बताएकी छिन् । उनका अनुसार खोप डिजाइन गरेको भोलिपल्ट तयारीका लागि कारखानामा पठाइएको थियो ।

Comments