गौतमबुद्ध रंगशाला निर्माणलाई यति धेरै आर्थिक सहयोग गर्दै सन्दिप लामिछाने

काठमाण्डाै / भरतपुर चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि युवा क्रिकेटर सन्दिप लामिछानेले सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले आउँदाे २२ गतेदेखि सुरू हुने त्रिदेशीय एक दिवसीय क्रिकेट शृंखलामा लिएका प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने भएका छन् ।
सन्दीपले आइतबार सामाजिक सञ्जालमा यस्तो जानकारी गराएका हुन् । जसमा उनले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालाको निर्माणका लागि त्रिकोणात्मक सिरीजमा आफूले लिने हरेक विकेट बराबर सो रकम दिने घोषणा गरेका हुन्।
सन्दीपले उक्त रंगशाला चाँडै बन्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।उनले भनेका छन, ‘म नेपाल क्रिकेटको एक शक्ति राष्ट्र भएको हेर्न चाहन्छु । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिनेछु ।


By Hari Bhandari

olb tkfO{x? klg cfkm\gf] ;+:yfsf] lgMz"Ns Advertise ug{ rfxfg" ePsf] 5 eg] xfldnfO{ ;Dks{ ug{"xf];.
;Dks{ gDa/M (*$!*(@%@) / (*)(%&@&!$

Comments