पुस २३, २०७६, वासिंगटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको दुई सैन्य अखडामा इरानले मिसाइल प्रहार गरेको बताएका छन् । मिसाइल प्रहारबाट भएको क्षतिको विवरण संकलन भइरहको पनि उनले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै ठीकै छ(अल इज वेल)। इराकमा रहेका दुई वटा सैन्य अखडामा इरानले मिसाइल प्रहार गरेको छ। यसबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। हामी विश्वकै अत्याधुनिक हतियार छ। हामी नै विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हौँ। यसका बारेमा म भोलि बिहान वक्तव्य जारी गर्छु।’
अहिलेसम्म के–के भयो?
इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा स्थानीय समयअनसार बुधबार रकेट प्रहार गरेको छ। अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानले दुई वटा अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको जनाएका छन्।
इरानले अनबर प्रान्तमा रहेको ऐन–अल–असद बेस र इरबिलमा रहेको अर्को सुरक्षा अखडामा रकेट आक्रमण गरेको थियो। इरानको आक्रमणबाट कसैको मृत्यु नभएको इराकी सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्।
इरान विदेश मन्त्री जावेद जरिफले आफूहरुले अमेरिकासँग युद्ध नचाहेको बताएका छन्। इरानले आत्मरक्षाका लागि इराकी भूमिमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको बताए। आफूहरुले युद्ध र टकराव नचाहे पनि कसैले आक्रमण गरेमा त्यसको कडा प्रतिक्रिया दिने उनले बताए।
यसअघि इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनीले अमेरिकाले इरानमा क्षति पुर्याउन सक्ने भए पनि त्यसले अन्त्यमा अमेरिकालाई नै ठूलो क्षति पुग्ने बताएका छन्।
यसैबीच अमेरिकी रक्षा सचिव मार्क एस्परले पनि आफूहरुले इरानसँग युद्ध नचाहेको बताएका छन्। अमेरिका र अमेरिकी नागरिकमाथि षड्यन्त्र गरेकाले जनरल कासिम सुलेमानीमाथि कारबाही गरिएको उनले दोहोर्याएका छन्।
गल्फ क्षेत्रमा नोटाम
अमेरिकाको संघीय उड्डयन प्रशासनले खाडी क्षेत्रका इरान इराक ओमानको खाडी र पर्सियन खाडीको आकाश भएर उड्ने सबै गैरसैन्य विमानहरुलाई नोटाम (नोटिस टु एयरमेन)जारी गरेको छ।
सुलेमानीकाे हत्यापछि बढेकाे तनाव
शुक्रबार अमेरिकाले इराकको बग्दादमा इरानका सैन्य कमान्डर कासिम सुलेमानीको ‘हत्या’ गरेपछि दुई देशबीच टकरावको अवस्था आएको हो। आफ्ना सैन्य कमान्डर सुलेमानीको हत्याको बदला लिने इरानले बताइसकेको छ। अमेरिकाले भने इरानले प्रत्याक्रमणको बाटो रोजे इरानका ५२ वटा अति महत्वपूर्ण ठाउँ ध्वस्त बनाइदिने चेतावनी दिएको छ। इरानी सेनाले अमेरिकाको सहयोगी इजरायललगायतका देशलाई पनि आक्रमणको चेतावनी दिएको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले इराकमा अमेरिकी फौजप्रति भएको आक्रमणलाई नजिकबाट नियालिरहेको बताउँदै इरानसँगको तनाव घटाउनुपर्ने बताएकी छिन्। उनले अमेरिकाले मात्रै होइन, विश्वले नै पनि युद्धको बहन गर्न नसक्ने चेतावनी पनि दिएकी छिन्।
जर्नेल कासिम सुलेमानीको अन्तिम संस्कार मंगलबार गरिने पूर्वनिर्धारित कार्यक्रम भए पनि शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा पनि ३५ जनाको भन्दा बढी ज्यान गएपछि स्थगित गरिएको थियो। तेहरानमा भएको सुलेमानीको शवयात्रामा दश लाखभन्दा बढी मानिस उपस्थित भएको बताइएको छ।
By Hari Bhandari
gf]6M l;t}df la1fkg ug{sf nflu xfdLnfO{ ;Dks{ ug{'xf];
Contact No.: +977-9841892520 / +977-9809572714
Comments
Post a Comment